नियम ९१
सार्वजनिक लेखा समितिको प्रतिवेदन बमोजिम बेरूजु फस्यौंट गर्ने कार्यविधि
(१) ऐनको दफा ४१ को उपदफा (३) बमोजिम प्रतिनिधिसभाबाट स्वीकृत सार्वजनिक लेखा समितिको प्रतिवेदन बमोजिम बेरूजुको लगतबाट हटाउनु पर्ने भएमा सम्बन्धित लेखा उत्तरदायी अधिकृतले आफ्नो मन्त्रालय वा निकाय अन्तर्गतको बेरुजुको लगतबाट हटाउन त्यस्तो प्रतिवेदन प्राप्त भएको बीस दिनभित्र महालेखा परीक्षक समक्ष अनुरोध गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम अनुरोध भई आएमा महालेखा परीक्षकले दश दिनभित्र लगत कट्टा गरी सोको जानकारी सार्वजनिक लेखा समिति र सम्बन्धित लेखा उत्तरदायी अधिकृतलाई दिनु पर्नेछ।